एमालेको स्थायी कमिटी बैठक बस्दै

छहारी संवाददाता
भदौ ८, २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दै छ।

बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा बस्ने स्थायी कमिटी बैठकमा यसअघि विवाद समाधान कार्यदलले सहमति गरेको १० बुँदे खाका कार्यान्वयनमा ल्याउनेबारे छलफल हुने नेताहरुले बताएका छन्। आजको बैठकमा माधवकुमार नेपालको साथ छाडेका एमाले नेताहरु पनि सहभागी हुने छन्।

सोमबार अध्यक्ष ओलीसँग भएको वार्तामा १० बुँदे खाका कार्यान्वयनमा ल्याउने सहमति जुटेको भन्दै माधव नेपालको साथ छाडेका नेताहरु पनि बैठकमा सहभागी हुने भएका हुन्। ओलीसँगकाे वार्तामा उनीहरुले एमाले छाड्न नसकिने बताएका थिए।  नयाँ पार्टी खाेल्न माधव नेपालले हतार गरेकाे आराेप पनि मध्यमार्गी नेताहरुकाे छ।

गएकाे पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेपछि नेकपा र पछि एमालेमा आन्तरिक संघर्ष चुलिएकाे थियाे। आन्तरिक संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरु अहिले ओलीसँग झुक्न बाध्य भएकाे आलाेचकहरुले बताइरहेका छन्।

नयाँ पार्टी गठन गरेका नेता माधवकुमार नेपालले ओली र अरु नेताहरुबीच साेमबार भएकाे भनिएकाे वार्ता र सहमतिलाई धाेखाधडीकाे निरन्तरता भनेका छन्। उनले याे घटना अवसरवादकाे नयाँ अध्याय रहेकाे पनि आराेप लगाएका छन्। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*