काठमाडौंसहित विभिन्न ठाउँमा मंगलबार रोपाइँ जात्रा मनाइँदै

छहारी संवाददाता
८ भाद्र २०७८, मंगलवार ०८:४९

आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ ।

यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ ।

तर ठाउँअनुसार फरक-फरक तरिकाले मनाउने चलन छ । टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर नाच्ने गरिन्छ । उज्यालो अनलाइन डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*