पर्साबाट ९ वटा भारतीय मोटरसाइकलहरू बरामद
पर्सा । प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका ९ वटा भारतीय मोटरसाइकलहरू पर्साको विभिन्न स्थानबाट बरामद गरेको छ ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले उक्त मोटरसाईकलहरु बेवारिसे अवस्थामा फेला पारेको हो ।
प्रहरीले बीआर २२ ओ ६९६२, बीआर २२ सि ३१६६, डिएल ३ एस् ३७१६, बीआर २२ आर ६५१३ नम्बरको मोटरसाईकल फेला पारेको हो । यसैगरी, बीआर ०५ एफ ६८४४, बीआर २२ ए ९६४५, बीआर ०५ क्यु ९९६०, बीआर २२ सि ७१८७ र बीआर २२ के ५३२९ नम्बरको मोटरसाईकल पनि बरामद गरेको छ ।
प्रहरीले फेला परेका ती मोटरसाईकलहरुको मुल्य ५ लाख ९० हजार आकलन गरेको छ । ती मोटरसाईकलहरु आवश्यक कारबाहीको लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।







