रौतहटमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ
रौतहट । स्रोत नखुलेको भारतीय रुपैयाँसहित रौतहटमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाकै गरुडा नगरपालिका वडा नम्बर १ जयनगर बस्ने ३५ वर्षिय अनिल भन्ने विकास साह र वडा नम्बर ४ टिकुलिया बस्ने ३० वर्षिय सुखाडी सहनी रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।
यही भदौ २ गते ईशनाथ नगरपालिका–१ बंजरा टोल लाल बकैयाको बाधमा सिमा प्रहरी चौकी बंजराबाट खटीएको प्रहरी चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा नेपाल भारत सिमाबाट नेपाल तर्फ आउँदै गरेको बा ३९ प १६९१ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सो मोटरसाईकलमा सवार रहेका उनीहरुको साथबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय रुपैयाँ बरामद भएको हो ।
भारतीय रुपैयाँ र मोटरसाईकलसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरी नायव उपरीक्षक चिमरीयाले जानकारी दिए ।







