पिकअप गाडीको ठक्करबाट एकको मृत्यु, दुई जना घाईते

छहारी संवाददाता
भदौ २, २०७८

बारा । परवानीपुर गाउँपालिका-४ सुन्दर स्टील प्रा.लि. अगाडी पिकअप गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पर्साको वीरगंज महानगरपालिका-१६ ईनर्वा टोल बस्ने ३८ वर्षिय राजेश राम रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

हिजो साँझ ७ बजेको समयमा पथलैया बिरगंज सड्क खण्डमा वीरजबाट परवानीपुर तर्फ जाँदै गरेको ना.४ च.३४३२ नम्बरको ४ चक्के पिकअप गाडीले परवानीपुरबाट वीरगंज आउँदै गरेको ना.२१ प.१८३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक राम र सोही मोटरसाइकलमा पछाडी सवार उनकी १९ वर्षिय छोरी ममता कुमारी, १३ वर्षिय मुसकान कुमारी समेत घाईते भएका थिए । दुर्घटनामा घाईते भएका उनीहरुलाई उपचारको लागी नारायणी बयोधा अस्पताल गण्डकमा पठाईएको थियो । उपचार कै क्रममा हिजै साँझ ७:३० बजे रामको मृत्यु भएको हो ।

यस्तै, ममता र मुस्कानको दाँहिने खुट्टा भाचिएको छ । मृतक राजेशको शव अस्पताल मै रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने पिकअपका चालक फरार भएकोले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । पिकअप र मोटरसाइकल ईलाका प्रहरी कार्यालय, प्रसौनीको नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*