हेटौंडा अस्पतालको सेवा बृद्धीमा लागिपरेका छौंः मुख्यमन्त्री पौडेल
 
 बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालमा अझै सेवा बृद्धी गर्न लागिपरेको बताउनु भएको छ ।
उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको अक्सिजन प्लान्टको उद्घाटन् गर्दै उहाँले अस्पतालमा अहिले पनि डाक्टरसंगै सेवा पनि बृद्धी भएको र अझै पनि धेरै खालका सेवा बढाउँदै लैजाने बताउनुभयो ।
हेटौंडा अस्पताल हिजो कहाँ थियो अहिले कहाँ पुगेको छ भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो-“हिजो तीन जना मात्र डाक्टरले सेवा निे अस्पतालमा अहिले ५० जना भन्दा बडी डाक्टरले धेरै प्रकारका सेवा दिइरहेका छन् ।”
मुख्यमन्त्री पौडेलले दुई वर्ष भित्रमा पाँच सय बेढको अस्पताल निर्माण गर्ने लक्षकासाथ भवन निर्माणको काम भइरहेको बताउनुभयो । ५० बेडको स्वीकृत अस्पतालाई पाँच सय बेडको बनाउन धेरै मेहनत गरिएको उहाँको भनाई छ । अबको ६ महिना भित्रमा हेटौंडा अस्पतालमा धेरै खालका सेवा दिन आफुहरु तयारी अवस्थामा रहेको भन्दै उहाँले अब आयुर्बेदीक अस्पताललाई पनि प्रदेश सरकारले जोड दिएको बताउनुभयो ।
सबैको सानो सानो सहयोगबाट पनि धेरै काम गर्न सकिने उहाँको भनाई छ । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाटनै कोरोना नियन्त्रण र उपचारका लागि काम गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 
			     
			     
			     
			     
			     
			    




