शनिबार थप २० जनाको मृत्यु, २ हजार ६ सय जना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जना कोरोना संक्रमित थपिएका छन् ।
आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन गरी १३ हजार पाँच सय ७३ जनाको परीक्षण गर्दा दुई हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १९ दशमलव ३३ प्रतिशत हो ।
आज थपिएका सहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या ८ लाख पाँच हजार एक सय ९० जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय २० जना निको भएसंंगै कोरोना मुक्त हुनेको संख्या ६ लाख ८० हजार आठ सय १५ जना पुगेको छ ।
थप २० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाले ज्यान गुमाउनेको संख्या १० हजार दुई सय ५९ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार चार सय पाँच जना सक्रिय संक्रसमत छन् । सक्रिय संक्रमित मध्ये सात सय ६० जनाको आईसीयू र एक सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । साभारः उज्यालो अनलाइन ।







