पानीमा डुबेर एकै परिवारका एक बालकको मृत्यु, एक जना घाईते

छहारी संवाददाता
साउन ३०, २०७८

बारा । कलैया उपमहानगरपालिका–१६ मा पानीमा डुबेर एकै परिवारका एक बालकको ज्यान गएको छ भने एक बालिका घाईते भएकी छिन् ।

सोही स्थान बस्ने बिरेन्द्र रामको ४ वर्षिय छोरा अभिषेक रामको मृत्यु भएको हो । यस्तै, हरिन्द्र रामको ५ वर्षिय छोरी सन्जना कुमारी राम घाईते भएकी जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

हिजो साँझ ६ः२० बजेको समयमा पानीमा डुबेका उनीहरुलाई जिल्ला अस्पताल कलैयामा उपचारको लागि लगिएको थियो । बालक अभिषेकको उपचारकै क्रममा ६ः५० मिनेटमा ज्यान गएको हो ।

पानीमा डुबेर गम्भिर घाईते भएकी सन्जनाको अवस्था भने अहिले सुधारोन्मुख रहेको प्रहरी निरीक्षक यादवले बताए । उनका अनुसार मृतक बालकको शव कलैया अस्पताल मै रहेको छ । उनको शव पोष्टमार्टमपश्चात् परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*