४ वटा चोरीको मोटरसाईकलसहित २ जना पक्राउ
पर्सा । चोरीको ४ वटा मोटरसाईकलसहित प्रहरीले २ जनालाई वीरगंजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–३० लालपर्सा प्रसोतिपुर बस्ने २० वर्षिय आकाश यादव र सोही स्थान बस्ने २१ वर्षिय कृष्ण पटेल रहेका छन् ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बुधबार जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
आरोपित यादवले चोरीको बा.४२ प ५२६३, ना.१६ प ३३६७, ना.१४ प ८४ र ग.१ प ७६९४ नम्बरको मोटरसाईकल बिक्रि गर्ने मनसायले आफ्नै घर अगाडिको खाली जग्गामा लुकाइछिपाई राखेको प्रहरीलाई सुचना प्राप्त भएको थियो । सोही सुचनाको आधारमा खटिएको प्रहरी टोलीले यादवसहित पटेललाई पनि नियन्त्रणमा लिएको हो ।
४ वटै मोटरसाईकलसहित उनीहरुलाई नियन्त्रणमा लिई चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







