पेस्तोलसहित ३ जना पक्राउ
पर्सा । अवैध हतियारसहित वीरगंजमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१२ मुर्लीका ३५ वर्षिय अनिल साह, पकाहामैनपुर गाउँपालिका–७ बस्ने ४० वर्षिय विजय कुमार पटेल र धरानको धरान नगरपालिका–१५ बस्ने ३२ वर्षिय रवि पौडेल रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
वीरगंज–१५ ब्रह्मचोक स्थित एक होटलमा उनीहरु सानो हातहतियार बेचबिखन गर्ने उद्धेश्यले बसिरहेको भन्ने सुचना प्राप्त भएको थियो । सोही सुचनाको आधारमा बिहीबार साँझ तालुक प्रदेश नं.२ प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको खानतलासी गर्दा साहको साथबाट १ थान पेस्तोल बरामद गरेको हो ।
पेस्तोलसहित तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा राखिएको छ । उनीहरुमाथि हातहतियारसम्बन्धि कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







