उपेन्द्र दास बैरागीको हत्याका आरोपित १० वर्षपछि पक्राउ

छहारी संवाददाता
साउन २८, २०७८

रौतहट । जिल्लाको गौर नगरपालिका–८ का उपेन्द्र दास बैरागी भन्ने उपेन्द्र यादवको हत्याका आरोपित १० वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले यादवको हत्या गरेको आरोपमा जिल्ला कै देवाही गोनाही नगरपालिका–७ का सोनफी हजरालाई पक्राउ गरेको हो । २०६८ असार २३ गते राती उनको गोली हानी हत्या गरिएको थियो ।

यादवकी पत्नी राम कुमारी देवीको पासवानमाथि कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएकी थिइन् । घटनापश्चात् फरार रहेका हजरालाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*