सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्यो

छहारी संवाददाता
साउन २७, २०७८

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ ।

केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मुल्य बुधबार पनि कायम रहँदा छापावाल सुन प्रतितोला मूल्य ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको गिरावटको असर नेपालमा पनि देखिएको महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको मुल्य ८८ हजार ३५० रुपैयाँ तोकेको छ ।

मंगलबार ८८ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । बुधबार चाँदीको प्रतितोला मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*