लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनु भएको छ ।
प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उहाँले राजीनामा दिनु भएको हो ।
सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन जाँदै गरेको बताउनु भएको अनलाइन खबरले लेखेको छ ।







