लागुऔषध गाँजासहित मकवानपुरका एक जना पक्राउ

छहारी संवाददाता
साउन २६, २०७८

मकवानपुर । प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका–८ बस्ने २९ वर्षिय दिल बहादुर बल रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५ परेवाभिर स्थित भित्री सडकखण्डबाट उनलाई पक्राउ गरेको हो ।

भार्ताबाट मनहरी तर्फ पैदल आउँदै गरेको बललाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १५ किलो ९ सय ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*