तीर्थालु बोकेको बोलेरो दुर्घटना, १ को मृत्यु, १ बेपत्ता, १२ जना घाईते

छहारी संवाददाता
साउन २५, २०७८

बारा । रौतहटको चन्द्रपुरमा तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान ४ बजे बोलबमको तीथार्लु बोकेको बोलेरो दुर्घटना हुँदा बाराको महागढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएको छ । सोही दुर्घटनामा परि ६५ वर्षीया सोनरी देवी मुखिया हराईरहेकी छिन् भने अन्य १२ जना घाईते भएका छन् ।

घाईते भएका बाराको कोल्हबी नगरपालिका–५ रामवन बस्ने ५५ वर्षिय सानु देवी नुनिया, सोही स्थान बस्ने ५५ वर्षिय बोधि महतो, ४५ वर्षिय सिता देवी चौधरी, १७ वर्षिय राधिका मुखिया, ४५ वर्षिय उर्मिला देवी सहनी, उनकी १४ वर्षिय छोरी रबिना, ५० वर्षिय सागर नुनिया, ४० वर्षिय शोभा देवी महतो, ३० वर्षिय उमेश महतो, १५ वर्षिय अन्जली चौधरी र ५० वर्षिय गायत्री देवी मुखियाको सर्लाहीको बागमती नगरपालिका–१२ स्थित मोडेल अस्पतालमा उपचार भईरहेको छ ।

यसैगरी, कोल्हबी–५ बस्ने ३० वर्षिय राधिका देवी मुखियाको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

चन्द्रपुर नगरपालिका–१ नुनथरमा ना ५ च ३१६६ नम्बरको बोलेरो नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको हो । बाराको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न गएको गाडी सडकभन्दा ३०/३५ मिटर तल नहरमा खसेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*