लागुऔषधसहित २ जना मकवानपुरमा पक्राउ
मकवानपुर प्रहरीले बाराको निजगढ नगरपालिकाका २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो पालिका वडा नम्बर १३ बस्ने १९ वर्षिय सुवास गोले र सोही स्थान बस्ने १९ वर्षिय सरोज थिङ रहेका छन् ।
हिजो साँझ १ हजार १२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित उनीहरुलाई प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । लागुऔषधसहित मानिस छन् भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१० स्थित गण्डकी गेष्ट हाउस रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध नाईट्रोभेट फेला परेको हो । उनीहरुलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







