मकवानपुर बहुमुखी क्याम्पसका मनिषा र प्रजिता बीबीएममा क्रमश नेपाल प्रथम र द्वितीय
मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) संकायको पाँचौं सेमेष्टरमा नेपाल प्रथम हुनु भएको छ ।
उहाँले बीबीएम संकायको पाँचौं सेमेष्टरमा ३.९ सिजिपिए प्राप्त गर्दै नेपाल प्रथम हुन सफल हुनु भएको हो । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसकै प्रजिता सुवेदीले ३.८८ सिजिपिए सहित नेपाल द्वितीय हुनु भएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसका बीबीएम संकायको पाँचौं सेमेष्टरका सबै विद्यार्थी प्रथम श्रेणीका साथ शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।







