वाइसिएलद्वारा ४० थान पोल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा

छहारी संवाददाता
साउन १५, २०७८

नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन वाइसियल नेपाल बागमती गाउँपालिकाले फलामको पोल चोरी निकासी गर्ने गिरोहलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ ।

बागमती गाउँपालिका – १ मा बन्दै गरेको सबस्टेसनबाट गएराती प्रति पोल ३५ हजार रुपैया बराबरको ४० थान पोल चोरी निकासी गरिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिइएको वाइसियल बागमती गाउँपालिका अध्यक्ष बिर बहादुर थिङ जानकारी दिनुभयो ।

मे १ ख २५०३ नम्बरको ट्रकमा पोल चोरी निकासी हुँदैछ भन्ने विशेष सूचनाका आधारमा चेकजाँच गर्दा ७ जनालाई पक्राउ गरी तत्काल इलाका प्रहरी कार्यालय फापरवारीलाई बुझाइएको उहाँले बताउनुभयो । तस्करहरु १२ जना रहेको भएपनि ७ जनालाई मात्रै नियन्त्रणमा लिन सफल भएको र अन्य भने फरार भएको उहाँले बताउनुभयो ।

 

पक्राउ पर्नेमा बागमती गाउँपालिका ७ का सुरेश लामा र उमेश लामा, रौतहट चपुरका धन बहादुर लामा र देव पौडेल, संखुवासभाका हरी नेपाल, काभ्रेका जयराम सापकोटा र ट्रक चालक भक्तपुर मध्यपुर ठिमीका विवेक पोखरेल रहेका छन् । कार्की एण्ड कटरीया कन्स्ट्रक्सनका प्रमुख नवराज कार्कीको मुख्य योजनामा उनिहरुले उक्त पोल नुवाकोटको त्रिशुली नगरपालिको बट्टार लैजान लागेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

यसअघि पनि चिरान काठ चोरी निकासी गर्ने समूहलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको भएपनि अनुसन्धान फितलो भएकाले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको थिङले बताउनुभयो ।

सिन्धुली र बागमती गाउँपालिकाको सिमानामा रहेको २७ ओठा पोल तथा बागमती गाउापालिका ७ बाट ५० केबियको ट्रास्फरमर यसअघि नै गायब भएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा वाइसियल बागमती गाउँपालिका अध्यक्ष बिर बहादुर थिङ, वाइसियल मकवानपुरका अध्यक्ष राज कुमार मोक्तान, वाइसीएल जिल्ला इन्चार्ज सुमन पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*