सिटिजन्स् बैंकले बिक्रीमा ल्याएको संस्थापक शेयर बिकेन, संस्थापक बाहेकका व्यक्तिले समेत आवेदन गर्न पाउने गरी पुनः बिक्रीमा ल्याइने

छहारी संवाददाता
साउन १५, २०७८

सिटिजन्स् बैंकले बिक्रीमा ल्याएको  ७० हजार कित्ता संस्थापक शेयर बिक्री नभएपछि बैंकले पुनः बिक्रीमा ल्याउने भएको छ।

कम्पनीको संस्थापक शेयरधनी इला शर्माले ७० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि बैंकमा निवेदन दिएकी थिइन। सोहि अनुसार बैंकले गत असार ९ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन माग गरेको थियो।

कम्पनीले उक्त शेयर बिक्रीमा ल्याएको ३५ दिन वितिसकेको भए पनि शेयर बिक्री हुन नसकेको बैंकले जनाएको छ।

कम्पनीको संस्थापकहरुले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि अब बैंकले अन्य व्यक्ति वा संस्थाहरुले समेत आवेदन गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याउने भएको छ।साभार मेरो लगानी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*