६५ किलो लागूऔषध गाँजासहित २ जना पक्राउ
मकवानपुर प्रहरीले ६५ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
मनहरीबाट हेटौंडा आउँदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियोलाई हेटौंडा १९ नेवारपानीमा चेकजाँच गर्ने क्रममा ६५ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
प्रहरीले चितवनको भरतपुर महानगपालिका वडा नम्बर २० चनौलीका ३८ बर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका ६ का ४३ बर्षीय ललित तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







