झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना पक्राउ

छहारी संवाददाता
साउन १४, २०७८

पर्सा / जिल्ला प्रशासन कार्यालय पर्सामा झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको बहुदरमाई नगरपालिका–२ बस्ने ५१ वर्षिय धुरुप प्रसाद पटेल र २८ वर्षिय कविता कुमारी भन्ने सीता पटेल रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको भनी प्रहरीलाई सुचना प्राप्त भएको थियो । सोही सुचनाको आधारमा वडा प्रहरी कार्यालय, श्रीपुरबाट खटिएको प्रहरी टोलीले साउन १३ गते बिहान वीरगंज महानगरपालिका–१३ श्रीपुरबाट सीतालाई नियन्त्रणमा लिएको थियो ।

खानतलासीको क्रममा उनको ब्यागबाट पर्सा प्रशासनबाट २०७० पुष ११ गते जारी भएको नागरिकताको प्रतिलिपी फेला परेको हो । उक्त प्रतिलिपी बरामद गरि सो नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिने धुरुप प्रसाद पटेललाई समेत वीरगंज–१३ बाटै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रवक्ता खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*