धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण
इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो ।
बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करीव १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो ।
मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सो को स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा बुझाउन भनेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले यस्तो जानकारी गराएको छ । सभारः अनलाइन् खबर डटकम ।







