सानिमा लाइफको ६० लाख कित्ता आईपीओ आउँदै
सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो ।
सानिमाको लाइफको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । २० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ । साभारः अनलाइन खबर डटकम ।







