बारामा महिलाको शव फेला, सनाखत हुन बाँकी

छहारी संवाददाता
साउन १३, २०७८

बारा । पचरौता नगरपालिका-३ रामपुरस्थित खेतमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ ।

आज बिहान अन्दाजी ४०/४२ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

मृतक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बाटोको छेउमै रहेको खेलमा उनको शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेको उनले जानकारी दिए ।

मृतक महिलाको शरिरमा कुनै चोट नदेखिएपनि घाँटीमा सल बेरिएको रहेकोले घटना शंकास्पद रहेको प्रवक्ता मिश्रले बताए । उनका अनुसार घटनाको अनुसन्धान गर्नका लागि प्रदेश प्रहरी डग शाखा बर्दिबासबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको प्रवक्ता मिश्रले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*