लागुऔषध गाँजासहित बाराका एक जना पक्राउ
छहारी संवाददाता
साउन १३, २०७८
बारा । लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको निजगढ नगरपालिका–१२ रामथली टोल बस्ने ६२ वर्षिय शेर बहादुर जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
आज बिहान अस्थायी प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । गस्ती गर्दै जाने क्रममा निजगढ–११ रतनपुर तामागढी सडक खण्ड स्थित जंगलमा जिम्बाले पिठ्युमा बोकेको झोलाबाट ५ के.जी. लागूऔषध गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेका जिम्बामाथि लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







