लागुऔषध गाँजासहित एक जना पक्राउ
पर्सा । प्रहरीले लागुऔषध गाँजचासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–४ बस्ने ६५ वर्षिय बासुदेव माझी रहेका छन् ।
सोही वडास्थित पोखरीको डिल हुँदै लागुऔषध गाँजाको ओसारपसार हुँदै छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको एम्बुसिङग टोलीले उनलार्य पक्राउ गरेको हो ।
२ वटा सेतो बोरा बोकी आईरहेका माझीलाई रोकी चेकजाँच गर्दा २७ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







