राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

छहारी संवाददाता
साउन १२, २०७८

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पाैडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएकाे छ ।

मन्त्रिपरिषद्को आज मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेकाे थियाे । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६५ काे उपधारा १ काे खण्ड ख बमाेजिम पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा भनिएकाे छ ।  मन्त्रिपरिषद्ले गण्डककाे प्रमुखमा गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेको छ ।

यी दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो ।  साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*