सशस्त्रका डीआईजी श्रेष्ठलाई अवकाश नदिन सर्वाेच्चकाे अन्तरिम आदेश

छहारी संवाददाता
साउन १०, २०७८

सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

पदावधि सकिएको भनी सशस्त्र प्रहरी बलले पत्र दिएपछि डीआईजी श्रेष्ठले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा श्रेष्ठलाई अनिवार्य अवकाश भएको भनी सशस्त्र प्रहरी बलले असार ११ गते दिएको पत्र यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको उल्लेख छ । अन्तरिम आदेशका लागि अदालतले दुवै पक्षलाई साउन १३ गते छलफलमा बोलाएको छ ।  साभारः उज्यालो अनलाइन डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*