प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा आज पनि वर्षा हुने अनुमान

छहारी संवाददाता
साउन ८, २०७८

आज प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा वर्षाको सम्भावना रहेको मौसम्विदु बताएका छन् ।

अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने अनुमान गरिएको छ । नेपालमा अहिले मनसुनी प्रणाली केही कमजोर बनेको छ । जसका कारण आज र भोलि भारी वर्षाको सम्भावना छैन ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । मौसमविद्ले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*