बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको भवन उद्घाटन
बागमती प्रदेश सरकारको करीब साँढे २ करोड लागतमा निर्मित बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको कार्यालय भवनको उदघाटन गरिएको छ।
हेटौंडा ११ सिमलटारमा निर्मित भवनको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उदघाटन गर्नु भएको हो । प्रदेश सरकारको २ करोड ४४ लाख १७ हजार लागतमा शिवालय बिल्डर्स प्रा ली पोखरीचौरी काभ्रेले उक्त भवन निर्माण सम्पन्न गरेको हो । नवनिर्मित भवनमा प्रयोगशाला सहित १९ वटा कोठा रहेका छन् ।
यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सहदेव बहादुर भण्डारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मुकुन्द प्रसाद पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बराल लगायतको उपस्थिति रहेको थियो।







