८१ केजी गाँजासहित राक्सिराङका नेगी पक्राउ

छहारी संवाददाता
६ श्रावण २०७८, बुधबार १७:४२

मकवानपुर प्रहरीले मनहरीबाट ८१ केजी लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलिले मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीमा ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ८१ केजी ३ सय ५० ग्राम गाँजासहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–४ का ४२ बर्षीय बाबुराम नेगी रहेको रहेको प्रहरीले जनाएको छ । पूर्व पश्‍चिम लोकमार्ग सडक खण्डमा संकास्पद रुपमा रोकीराखेको ट्रकलाई चेकजाँच् गर्दा ट्रक पछाडी ढालामा लुकाई राखेको लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*