नेपालमा पछिल्लो २४ घण्टामा ३० संक्रमितको मृत्यु

छहारी संवाददाता
६ श्रावण २०७८, बुधबार १७:१४

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम अझै जारी छ । पछिल्लो २४ घण्टामा ३० संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बुधबार २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षण गर्दा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षण गर्दा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या १,४७५ पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*