लागूऔषध ओसारपसारमा संलग्न १५१ जनालाई मुद्धा चलाइयोः मकवानपुर प्रहरी

छहारी संवाददाता
५ श्रावण २०७८, मंगलवार १०:१५

मकवानपुरमा गत आर्थिक वर्षमा लागूऔषध सम्बन्धि घटनामा संलग्न १५१ जनालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

अहिले पनि प्रहरीको थुनुवा कक्षमा भएका अधिकांश व्यक्ति लागूऔषध ओसार पसारमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । पछिल्लो समय गाँजा र चरेश बनाएर भारत निकासी गर्ने र भारतबाट विभिन्न लागूऔषध भित्रने क्रम बढ्दो छ ।

यस्ता गतिविधीमा पक्राउ पर्नेहरु अधिकांश पुरुष छन् । लागूऔषध सम्बन्धि घटनामा पक्राउ परेको १५१ जना मध्ये १४२ जना पुरुष रहेको प्रउ राठौरले जानकारी दिनुभयो । प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/०७८ को एक वर्षको अवधिमा सबै भन्दा धेरै असार महिनामा ३३ जना लागूऔषध सहित पक्राउ परेका छन् ।

यस्तै प्रहरीले एक वर्षको अवधिमा २ हजार ३ सय ८३ केजी गाँजा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार २३ किलो ५ सय ५८ ग्राम चरेस , साढे १४ ग्राम खैरो हिरोईन, १४ किलो ७ सय २५ ग्राम अफिम , औषधीजन्य लागुऔषध ८ हजार २ सय ६२ ट्याब्लेट र २ सय ९६ बोत्तल कोरेक्स बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*