बारा प्रहरीद्वारा अवैध कपडा बरामद

छहारी संवाददाता
असार ३१, २०७८

बारा प्रहरीले अवैध रुपमा ल्याईएको कपडा बरामद गरेको छ । गएराती जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ टेडारोडबाट ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको हो ।

सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय, सिमराबाट खटिएको प्रहरी टोलीले दुई वटा झोलामा ल्याउँदै गरिएको ३२ पिस कुर्था सुरुवाल प्रहरीले बरामद गरेको हो । प्रहरीलाई देख्नासाथ कपडा ल्याईरहेका व्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*