बारामा ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

छहारी संवाददाता
असार ३१, २०७८

बाराको महागढीमाई नगरपालिका-२ स्थित भुतही पुल नजिकै ट्रकको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार पर्साको साविक लखनपुर ९ हाल सखुहवा प्रसौनी गाउँपालिका-६ का ४४ वर्षिय रमेश कुमार राउतको मृत्यु भएको हो ।

उहाँ बागमती प्रदेश स।प्र।गण मुका रातोमाटे हेटौडा दरबन्दी भई ईलाका प्रहरी कार्यालय सन्तपुर रौतहटमा कार्यरत प्रहरी सहायक निरिक्षक रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
गएराती बरियारपुरबाट कलैया तर्फ जाँदै गरेको प्र- २-०३-००१ ख ०७१५ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको स ५ प ९५३७ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट उहाँको घटनास्थल मै मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो । शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*