पर्सामा बाल विवाह गराएको आरोपमा बेहुलासहित ३ जान पक्राउ
पर्सा प्रहरीले बाल विवाह गराएको आरोपमा बेहुलासहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेहुला पकाहामैनपुर गाउँपालिका– १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका–५ बेल्हिया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी रहेका छन् । महेश सहनी र ठग सहनीले आपसी सहमति गरी १७ वर्षीया बालिका तथा विशाल सहनीको १७ गते धोरेस्थित भुटनदेवी मन्दिरमा विवाह भएको थियो ।
बाल विवाह गर्ने र गराउने उनीहरुलाई पक्राउ गरि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । प्रहरीले उनीहरुमाथि मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाएको जनाएको छ ।







