मकवानपुरमा बुधबार ७५ जना संक्रमित थपिँदा ६९ जना कोरोनामुक्त
मकवानपुरमा बुधबार ७५ जना कोरोनाका नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६४ जनाको पिसिआर र ९२ जनाको एन्टिजेन परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार हालसम्म जिल्लामा ११ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ति मध्ये ११ हजार ७७ जना कोरोनामुक्त भएका छन् । अहिले मकवानपुरमा ७०१ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३३ जनाको मृत्यु भइसकेको छ ।







