नेपालमा बुधबार १८ जना कोरोना संक्रमितको मृत्यु, २ हजार ९०५ संक्रमित थपिए
नेपालमा बुधबार १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,९०५ संक्रमित थपिएका छन् । ८ हजार १०८ जनाको पीसीआर र ४ हजार ९ सय १६ एन्टिजेन परीक्षण गर्दा २,९०५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १६ सय ६ जना कोरोनामुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच हालसम्म ३७ लाख ३० हजार ३ सय ४४ डोज खोप प्रयोग भइसकेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २६ लाख २१ हजार ४ सय ७६ जनाले पहिलो मात्रा लगाएका छन् भने ११ लाख ८ हजार ८ सय ६८ जनाले दोस्रो मात्रा पनि लगाइसेकेका छन् ।







