सुनको मुल्य तीन सय रुपैयाँले बृद्धी

छहारी संवाददाता
असार ३०, २०७८

बुधबार सुनको मुल्य तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको हो ।

महासङ्घका अनुसार आज चाँदीको मुल्य तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*