विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित हुनुभएको छ ।
उहाँ आज विशेष अदालतमा उपस्थित हुनुभएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उहाँसँगै १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो ।
अदालतले गच्छदारविरुद्ध पछिल्लो पटक जारी गरेको ३० दिनको म्याद सकिएको थियो । गच्छदार अदालतमा हाजिर भएपछि अब थुनछेकको प्रक्रिया अघि बढ्नेछ । साभारः उज्यालो अनलाइन डटकम ।






