बारामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
बारामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बैलबास बस्ने ४० वर्षिय नरेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । हिजो साँझ कलैया उपमहानगरपालिका–२५ सिसहनिया चौकमा ट्रकलेृ मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।
बिरगंजबाट कलैयातर्फ आउँदै गरेको ना. ४ ख ६९६ नम्बरको ट्रकले ना ४७ प ८३४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका सिंहलाई उपचारका लागि न्युरो अस्पताल बिरगंज तर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
ट्रकका चालक जितपुर सिमरा उपमहानगरपालिका–११ फत्तेपुर बस्ने ४३ वर्षिय लक्ष्मिनारायण सहनीसहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







