ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
ना ४ त १५०७ नम्बरको ट्याक्टर राति पाने १२ बजे देवाही गोनाही नगरपालिका ४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना हो । दुर्घटनामा ट्याक्टरमा सवार नदीपारी टोलका कवीन्द्र पटेल र पोखरिया टोलका गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका राकेश पटेलको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । खेत जोतेर घर फर्किँदै गरेको ट्याक्टर अनिन्त्रित भएर दुर्घटना हुँदा उनिहररुको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको हो ।







