आदिकवि भानुभक्तको सम्झना
हे भानुभक्त तिमि लाई नमन म गर्छु
ई शब्द श्रद्धा म चडाई दिन्छु ।
नेपाली स्रस्टा तिमि स्रोत धारा
साहित्यका उज्जल एक तारा ।।
साहित्यमा उदय भो भई एक नक्षत्र
रामको चिनारी हुन गो तब यत्र तत्र ।
एक दिन घुमेर घर फर्की गई रहेका
चर्केर घाम अति प्यासी भई रहेका ।।
खोज्दै कुवा नजिकमा जल पिऊ भनेर
घांसी पियर जल सितलमा बसेर ।
मार्दै थकाई बसी घांस बिसाई भारी
सुस्ताऊदै छ उ बसी रुखको छहारी ।।
देखेर भानु कन घांसी उ भन्छ त्यहाँ
कुवा छ सेप तिर पानि पियर यहाँ ।
सुस्ताउनुस हजुर सितलमा बसेर
म जान्छु घांस लिई जानु छ दुर धेर ।।
यो घांस बेची रुपिया लिनु छ जुटाई
चौतारी एक र कुवा दिनु छ खनाई ।
म जान्छु छाडी जब यो अति देह कच्चा
हुनेछ किर्ति भवमा यहि एक सच्चा ।।
यस्ता कुरा सुनी सके पछि भानु मन्मा
गर्छन विचार उसको कति नेक जन्म ।
दुखि दरिद्र घरको तर दिब्य ज्ञानी
जानेर घांसी कन मन मन ले बखानी ।।
दुःखी छ घांसी तर मन छ दया भयको
म भानु भक्त किन बुद्धि न भै रहेको ।
क्यै छैन घांसी संग तै पनि कर्म गर्छ
राखने छु नाम अमरत्व अठोट गर्छ ।।
मईले पनि जगतमा गरि नेक कर्म
राख्नु छ किर्ति अब गर्छु म क्यै सुकर्म ।
यस्ता बिचार मनले गरि त्यहि देखि
साहित्यमा अघि सरि अनि काब्य लेखि ।।
सस्कृतमा लिखित राम चरित्र लिला
नेपालीमा गरिदिय उनले रसिला ।
उनकै यो काब्य सजिलो भई पडन आज
गाँऊछ राम प्रभु का गुण गान् समाज ।।
रचनाकारः मिथिला अधिकारी ।
(२०७८ असार २५ गत शुक्रबार साँझ जुमको माध्यामद्वारा पतंजली योग संदेश भक्तपुरले संचालन गरेको ‘हाम्रो संस्कृति हाम्रो साहित्य’ कार्यक्रममा वाचन गरिएको कविता ।)






