वीरगञ्ज उद्योग वाणिज्य संघको विभिन्न समितिहरु विस्तार
वीरगञ्ज उद्योग वाणिज्य संघको प्रचलित विधान बमोजिम विभिन्न समितिहरुको विस्तार भएको छ ।
संघमा गठित अन्तरदेशीय सम्बन्ध विस्तार समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रिय अध्यक्ष अशोककुमार बैधलाई मनोनयन गरेको छ ।
समिति विस्तार कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको सम्बन्ध विस्तार गर्ने उद्देश्यले गठित यस समिति आउँदा दिनमा सङ्घको छविलाई समुज्जवल बनाउने तर्फ आफ्नो भूमिका केन्द्रित राख्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
अन्तरदेशीय सम्बन्ध विस्तार समितिका संयोजक बैधले सङ्घको छविलाई निखारन आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष श्री हरि गौतमको समुपस्थितीको उपस्थिती रहेको थियो ।







