नेप्से झन्डै २४ अङ्कले बढ्यो, चार दिनपछि शेयर बजार हरियो

छहारी संवाददाता
असार २४, २०७८

चार दिन लगातार घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । व्यापार र अन्यबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २३ दशमलव ७६ अङ्कले उकालो लागेर दुई हजार आठ सय २४ दशमलव ८९ विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंकको ८९ अङ्कले, होटलको साढे १४ अङ्कले, जलविद्युतको ५२ अङ्कले, फाइनान्सको ६४ अङ्कले, माइक्रोफाइनान्स समूहको ६८ अङ्कले, जीवन बीमा समूहको ४२ अङ्कले, निर्जीवन बीमा समूहको चार अङ्कले र उत्पादन समूहको शेयर २३ अङ्कले बढेको छ ।

आज दुई सय २३ कम्पनीका एक करोड ३१ लाख कित्ता शेयर चार अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको २१ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज गुह्येश्वरी मर्चेन्ट बैंकको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कर्पोरेट विकास बैंकको शेयर भने साढे तीन प्रतिशतले घटेको छ ।  साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*