म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु

छहारी संवाददाता
असार २३, २०७८

म्याग्दीको मगला गाउँपालिका–५ अर्मनको छिस्बाङमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर मालिका–६ दरबाङको रातढुङ्गाका २२ वर्षीय गजिन रोका र उहाँकी श्रीमती बिना रोकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गएरातिको पानीले छिस्बाङ खहरेखोलामा आएको बाढीका कारण पहिरो जाँदा घर बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

राति घरमा सुतिरहेका दम्पती घरसहित पहिरोमा बगेका प्रहरीले जनाएको छ । यसैबीच, म्याग्दीको रातोढुङ्गाको बस्ती, निर्माणाधीन सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोको जोखिममा परेका छन् । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*