कोपा अमेरिकाः अर्जेन्टिना र ब्राजिल बीचको फाइनल भिडन्त पक्का
अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको फाइनल भिडन्त पक्का गरेको छ ।
बुधबार बिहान भएको दोस्रो सेमिफाइनल जित्दै अर्जेन्टिनाले ब्राजिलसंगको फाइनल भिडन्त पक्का गरेको हो । अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। यसअघि आयोजक ब्राजिलले पेरुलाई १-० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।





