भारतीय अभिनेता दिलिप कुमारको निधन

छहारी संवाददाता
असार २३, २०७८

भारतीय वरिष्ठ अभिनेता दिलिप कुमारको  निधन भएको छ । केही दिनयता बिरामी परेका दिलिप कुमारको ९८ वर्षको उमेरमा बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उहाँ पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँको ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत चलचित्रमा अभिनय गर्नुभएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*