लगातारको वर्षाले जनजिवन प्रभावित, सतर्कता अपनाउन आग्रह

मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीमा आएको बाढीले खतराको तह पार गर्यो
छहारी संवाददाता
असार १९, २०७८

लगातारको वर्षाका कारण देशभरको जनजिवन नराम्रोसंग प्रभावित भएको छ ।

वर्षाले देशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम बढेको छ । मानिसको बासस्थान खोसिएका छन् भने विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् । गएरातीदेखिको भिषण वर्षाका कारण मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको खबर छ । मकवानपुरको विभिन्न स्थानमा पहिरो जाँदा हेटौंडा काठमाडौं जोड्ने सडकहरु अबरुद्ध भएका छन् ।

त्रिभुवन राजपथको हेटौंडा–भैंसे सडक खण्ड अन्तर्गत भिमफेदी– १ बाघझोरा, त्रिभुवन राजपथ कै (भैंसे–पालुङ–नौबिसे सडक खण्ड) भिमफेदी– ९ अघोर, थाहा– ६ खानीगाउँ, थाहा नगर–१२ गैरीगाउँमा पहिरो जाँदा हेटौंडाबाट पालुङ जोडने सडक खण्ड अबरुद्ध भएको, प्रष्टखबरले लेखेको छ ।

यस्तै काठमाडौं जोडने छोटो दुरीको मार्ग भैंस–भिमफेदी–फाखेल र सिस्नेरी सडक खण्ड अन्तर्गत भिमफेदी–२ पान्द्राङ, सोहि सडकखण्डको भिमफेदी– ६ गढी, देउराली, फाखेल सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर– ४ महालक्ष्मीखोला, ईन्द्रसरोबर– २ कुलेखानीमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैगरी कान्ती लोकपथ अन्तर्गत भिमफेदी–८ गंगटे, कालो पहिरोमा पहिरोले कालोपत्रे बगाउदा मकवानपुर भएर काठमाडौं जोडने सबै मार्ग अबरुद्ध भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउनु समस्या भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*