जनकपुर उद्योग वाणिज्य संघ र वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता
जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी र वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी बीच शुक्रबार भेटवार्ता भएको छ । जउवा संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको ५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली र वीउव संघका पदाधिकारी बीच वीउवासंघको सभाकक्षमा भेटवार्ता भएको हो ।
टोलीलाई स्वागत गर्दै वीउवासंघका कायैवमहाक अध्यक्ष हरिप्रसाद गौतमले वीउवासङ्घको ऐतिहासिक पृष्ठभूमि, गण्डक–पथलैया औद्योगिक कोरिडोर, पर्सा–बारा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याइरहेको योगदानका बारे चर्चा गर्नु भएको थियो । उहाँले कूल राष्ट्रिय राजस्वको आधा हिस्सा ओगटेको यस क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो । का वा अध्यक्ष गौतकले जनकपुर र वीरगञ्जले एउटै प्रकृतिका समस्याहरु भोगिरहेकोले साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता औल्याउनु भयो ।
यस्तै जनकपुर उवासंघका अध्यक्ष जितेन्द्र महासेठले नेपालकै सबैभन्दा पुरानो उद्योग वाणिज्य संघको रुपमा परिचित वीउवासंघले आफ्नो स्थापनाकालदेखि नै पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको उन्नयनमा पु¥याउँदै आएको योगदान सराह्नीय रहेको धारणा राख्नुभयो ।
उहाँले विभिन्न चेम्बरको स्थलगत भ्रमणबाट चेम्बर बीचको सम्बन्ध विस्तार र एक आपसमा के कस्ता विषयहरुमा सहकार्य गर्न सकिन्छ भनी मुद्दाहरुको पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले जनकपुर क्षेत्रमा १३ वटा मात्र ठूला उद्योग रहेका र साना, घरेलु उद्योग, व्यवसायको बाहुल्यता रहेकोले साना, घरेलु उद्योग, व्यवसायको प्रबद्र्धन हाम्रो संस्थागत भूमिका रहने र राज्यको पनि जिम्मेवारी रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष तथा वीउवासंघका पूर्व अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य संघहरु बीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । साथै उद्योग वाणिज्य संघहरु बीच सम्बन्ध विस्तारको लागि प्रदेश उद्योग वाणिज्य संघले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
वीउवासंघका महासचिव मनोजकुमार दासले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा वीउवासंघ र जनकपुर उवासंघका पदाधिकारी, कार्यसमिती सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।







